पोखराका ६ सहित गण्डकी प्रदेशमा २१ कोरोना संक्रमति थपिए

Share:

पोखरा । गण्डकी प्रदेशमा फेरी २१ जना कोरोना संक्रमति थपिएका छन् । मंगलबार दिउँसो प्रदेशअन्तर्गत कास्कीसहित ४ जिल्लाका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाकारी दिएको हो ।

निर्देशनालयका अनुसार कास्की जिल्लाको पोखरा महानगरपालिकाका ५ वटा वडाका ६ जनामा कोरोना संक्रमण देखिएको छ ।

संक्रमित हुनेमा पोखरा वडा नं. १ का १८ वर्षीय पुरुष, वडा नं. ३ का २३ वर्षीय पुरुष, वडा नं. ८ का ३३ वर्षीय पुरुष, वडा नं. १० का ५२ वर्षीय पुरुष र ७५ वर्षीया महिला र वडा नं. १७ का ५० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

यस्तै स्याङजा जिल्लाको चापाकोट वडा नं. ६ का २६ वर्षीय पुरुष, तनहुँ जिल्लाको व्यास वडा नं. १ की ३० वर्षीया महिला, देवघाट वडा नं. ५ की ३८ वर्षीया महिला, नवलपुर जिल्लाको गैडाकोट वडा नं. २ का ३९ र ४१ वर्षीय महिला तथा ३४, ३८ र ४२ वर्षीय पुरुष, वडा नं. ४ का ४८ वर्षीय पुरुष, वडा नं. ११ का २७ वर्षीय पुरुष, वडा नं. १३ का ३३ वर्षीय पुरुष र वडा नं. १५ का ६९ वर्षीय पुरुष, मध्यविन्दु वडा नं. १० का ३९ वर्षीय पुरुष, कावासोती वडा नं. २ का ३९ वर्षीय पुरुष र गोरखा जिल्लाको सिरानचोक वडा नं. ३ का २२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित हुनेहरुको संख्या ४ हजार २ सय ६४ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: