कोरोना महामारीः गण्डकी प्रदेशमा मंगलबार दुई संक्रमितको मृत्यु, ७२ संक्रमित थपिए, ३३ जना डिस्चार्ज

Share:

पोखरा । गण्डकी प्रदेशमा मंगलबार थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार गोरखा र नवपुरका एकएक जना महिलाको मृत्यु पुष्टि भएको हो ।

गोरखा जिल्लाको बारपाक सुलिकोट ६ निबासी ४५ बर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको हो । ती महिलाको बयोधा अस्पताल, काठमाडौँमा उपचारको क्रममा असोज १५ गते बिहीबार मृत्यु भएको हो । ती महिलामा किड्नी सम्बन्धी समस्या समेत रहेको जनाईएको छ ।

यस्तै नवलपरासी (ब.सु.पू.) जिल्लाको कावासोती ५ निवासी ७७ बर्षीय कोरोना संक्रमित महिलाको पनि मृत्यु भएको छ । उनको मंगलबार (आज) बिहान ०३ः४५ बजे चितवन मेडिकल कलेज, चितवनमा आइसीयुमा उपचारको क्रममा मृत्यु भएको हो ।

पिसाब तथा श्वासप्रश्वास सम्बन्धि उपचारका लागि असोज १६ गते शुक्रबार अस्पताल भर्ना भएकी ती महिलामा १८ गते आइतबार कोरोनाको संक्रमण पुष्टि भएको थियो ।

यससँगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।

७२ कोरोना संक्रमित थपिए

मंगलबार कास्कीको पोखरामा २९ सहित गण्डकी प्रदेशमा ७२ कोरोना संक्रमित थपिएका छन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ३ सय ९ पुगेको छ ।

निर्देशनालयले आज जारी गरेको पहिलो विज्ञप्ति अनुसार बिहान गण्डकीमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरा र बि.पी. कोईराला स्मृती क्यान्सर अस्पताल, चितवनमा गरिएको परिक्षणमा गण्डकी प्रदेशका तनहुँ र नवलपुर जिल्लाका २,२ जना गरी ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

निर्देशनालयका अनुसार तनहुँ जिल्लाको व्यास ३ का २३ वर्षीय पुरुष तथा व्यास २ की ७० वर्षीया महिला, नवलपुर जिल्लाको देबचुलीका ७० वर्षीया महिला र कावासोतीका ४८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै दोस्रो विज्ञप्ति अनुसार गण्डकीमा २१ जना कोरोना संक्रमति थपिएका छन् । मंगलबार दिउँसो प्रदेशअन्तर्गत कास्कीसहित ४ जिल्लाका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाकारी दिएको हो ।

निर्देशनालयका अनुसार कास्की जिल्लाको पोखरा महानगरपालिकाका ५ वटा वडाका ६ जनामा कोरोना संक्रमण देखिएको छ ।

संक्रमित हुनेमा पोखरा वडा नं. १ का १८ वर्षीय पुरुष, वडा नं. ३ का २३ वर्षीय पुरुष, वडा नं. ८ का ३३ वर्षीय पुरुष, वडा नं. १० का ५२ वर्षीय पुरुष र ७५ वर्षीया महिला र वडा नं. १७ का ५० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

यस्तै स्याङजा जिल्लाको चापाकोट वडा नं. ६ का २६ वर्षीय पुरुष, तनहुँ जिल्लाको व्यास वडा नं. १ की ३० वर्षीया महिला, देवघाट वडा नं. ५ की ३८ वर्षीया महिला, नवलपुर जिल्लाको गैडाकोट वडा नं. २ का ३९ र ४१ वर्षीय महिला तथा ३४, ३८ र ४२ वर्षीय पुरुष, वडा नं. ४ का ४८ वर्षीय पुरुष, वडा नं. ११ का २७ वर्षीय पुरुष, वडा नं. १३ का ३३ वर्षीय पुरुष र वडा नं. १५ का ६९ वर्षीय पुरुष, मध्यविन्दु वडा नं. १० का ३९ वर्षीय पुरुष, कावासोती वडा नं. २ का ३९ वर्षीय पुरुष र गोरखा जिल्लाको सिरानचोक वडा नं. ३ का २२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।

यसैगरी तेस्रो विज्ञप्ति अनुसार पोखरा महानगरपालिकाका २३ सहित गण्डकी प्रदेशमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्की जिल्लाको पोखरा महानगर पालिकाको १० वटा वडामा २३ जना नयाँ संक्रमित थपिएका हुन् ।

संक्रमित हुनेमा नेपाल प्रहरीमा कार्यरत पोखरा वडा नं. ७ का ३७ र ४५ वर्षीय पुरुष, पोखरा वडा नं. ९ का ३४ र ४२ वर्षीय पुरुष, वडा नं. १० का ४८ वर्षीय पुरुष र ६३ वर्षीया महिला, वडा नं. १४ का १२ वर्षीया बालिका र ४८ वर्षीय पुरुष, १५ का २५ वर्षीया महिला र वडा नं. १७ का २४, ३३, ३६, ३७ र ४७ वर्षका पुरुष, वडा नं. २० का २४, ३९, ५१ र ७३ वर्षीया महिला तथा ४६ र ५८ वर्षीय पुरुष, वडा नं. २५ का २३ वर्षीया महिला, वडा नं. २८ का ३१ वर्षीय पुरुष र वडा नखुलेका २० वर्षीय पुरुष रहेका छन् ।

यस्तै लमजुङ जिल्लाको सुन्दर बजार वडा नं. ६ का ४९ वर्षीय पुरुष तथा २९, ३८ र ४८ वर्षका पुरुष, वडा नं. ७ का ४० वर्षीय पुरुष र ३० वर्षीया महिला, वडा नं. ९ का २८, ३६ र ४० वर्षका पुरुष तथा २७, ३०, ३२ र ३५ वर्षका महिलामा कोरोना संक्रमण देखिएको छ ।

यसैगरी पर्वत जिल्लाको कुश्मा वडा नं. १ का ६० पुरुष र ४ का ३३ वर्षीय पुरुष, तनहुँ जिल्लाको घिरिङ वडा नं. ४ का २० वर्षीय पुरुष तथा भिमाद वडा नं. ६ का १८, २०, ३७ र ३८ वर्षका पुरुष र गोरखा जिल्लाको भिमसेन थापाका वडा नं ७ का ४२ वर्षीय पुरुष र वडा नं ८ का ४ वर्षीया बालिकामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै आज गण्डकी प्रदेशमा ३३ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । यससँगै प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ३ हजार ८० पुगेको छ ।

हाल प्रदेशमा १ हजार १९३ सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ५३९ पिसिआर परिक्षण भएको र हालसम्म ७३ हजार १३० परिक्षण भएको निर्देशनालयले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: