विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ६० लाख नाघ्यो, अमेरिकामा मात्रै ७७ लाख बढीमा संक्रमण

Share:

काठमाडौँ । विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ६० लाख नाघेको छ । वर्ल्डोमिटर्सको पछिल्लो तथ्याङ्क अनुसार विश्वभर संक्रमितको संख्या ३ करोड ६० लाख ३७ हजार ९९२ पुगेको छ ।

यस्तै विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख ५४ हजार ५१४ पुगेको छ भने हालसम्म २ करोड ७१ लाख ४३ हजार ८६३ संक्रमित कोरोनामुक्त भएका छन् ।

यसैगरी सबैभन्दा बढी प्रभावित अमेरिकामा कोरोना संक्रमितको संख्या ७७ लाख नाघेको छ ।

पछिल्लो तथ्याङ्क अनुसार अमेरिकामा कोरोना संक्रमित संख्या ७७ लाख १७ हजार ५२७ पुगेको हो ।

संक्रमितमध्ये अहिलेसम्म ४९ लाख २६ हजार ९१८ जना संक्रमणमुक्त भएका छन् भने अमेरिकामा संक्रमित मृतक संख्या २ लाख १५ हजार ७१९ पुगेको छ ।

यता दोस्रो प्रभावित मुलुक भारतमा संक्रमितको संख्या ६७ लाख ५४ हजार १७९ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ५७ लाख ४१ हजार २५३ जना संक्रमणमुक्त भएका छन् भने
त्यहाँ कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ४ हजार ५९१ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: