पोखराका १ सहित गण्डकी प्रदेशमा १७ कोरोना संक्रमित थपिए

Share:

पोखरा । गण्डकी प्रदेशमा फेरी १७ कोरोना संक्रमित थपिएका छन् । बुधबार बिहान प्रदेश अन्तर्गत कास्की, तनहुँ, लमजुङ, नवलपुर गरी चार जिल्लाका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको हो ।

निर्देशनालयका अनुसार कास्कीको पोखरा महानगरपालिका वडा नं. २१ का ४४ वर्षीय पुरुष, तनहुँ देवघाट वडा नं. ५ का ४३ वर्षीय पुरुष, तनहुँ भानु नगरपालिका वडा नं. १ का ३ वर्षीया बालिका, लमजुङ सुन्दरबजार नगरपालिकाका २३ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

यस्तै नवलपुर जिल्लाको गैडाकोट नगरपालिका वडा नं. १ का ४२ वर्षीय पुरुष, वडा नं. २ का ३० वर्षीया महिला र ४७ वर्षीय पुरुष, वडा नं ८ का ५६ वर्षीय पुरुष, वडा नं ९ का २२ वर्षीय पुरुष, वडा नं १० का २४ वर्षीया महिला र ४७ वर्षीय पुरुष, वडा नं १४ का २१ वर्षीय पुरुष र वडा नखुलेका ३६ वर्षीय पुरुष, नवलपुर मध्यबिन्दु वडा नं. १५ का ७५ वर्षीय पुरुष, देवचुली वडा नं १४ का ४७ वर्षीय पुरुष, कावासोती वडा नं. ३ का ६० वर्षीय पुरुष, वडा नं. १३ का ३७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ३३० पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: