
पोखरा । पोखराका ३ जना सहित गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा बुधबार बिहान कास्की सहित ३ जिल्लाका ३७ जनामा कोरोना संक्रमण देखिएको हो ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं.१६ का ५२ वर्षीय पुरुष तथा ३३ र ३५ वर्षका महिला, लमजुङ जिल्लाको राईनास वडा नं. ७ का २५ वर्षीय पुरुष (सहोदर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी) र सोही वडाका २३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै संक्रमित हुनेमा बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिका वडा नं. २ मा २२ देखि ४२ वर्ष उमेर समुहका २७ पुरुष नेपाल आर्मीमा र ३८ वर्षीय पुरुष नेपाल प्रहरीमा कार्यरत रहेका छन् । साथै सोही वडाका २४ वर्षीय पुरुषमा पनि कोरोना देखिएको छ ।
त्यस्तै जिल्लाको काठेखोला गाउँपालिका वडा नं. १ का २२ वर्षीय पुरष (भारतबाट आएका), वडा नं. २ का ३० वर्षीय पुरुष तथा वडा नं. ८ का २६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ३६७ पुगेको छ ।

