
पोखरा । कास्कीको पोखरा महानगरपालिकाका थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा बुधबार दिउँसो पोखराका ६ वटा वडाका ८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको हो ।
निर्देशनालयका अनुसार कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं.३ का ३२ वर्षीय पुरुष, वडा नं. ६ का ३५ वर्षीय पुरुष, वडा नं. ८ का १८ र २५ वर्षका महिला, वडा नं. ९ का ३७ वर्षीय पुरुष, वडा नं. १२ का २४ वर्षीया महिला, वडा नं. १७ का २४ वर्षीया महिला र ३३ वर्षीया पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ३७५ पुगेको छ ।
कमेन्ट गर्नुहोस्
