२४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु

Share:

काठमाडौँ । नेपालमा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा ८ वटा जिल्लाका ४ महिला र ८ पुरुष गरी १२ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मृतकहरुमा सुनसरीमा ३९ वर्षीय पुरुष, धनुषामा ७० वर्षीय पुरुष, काठमाडौँमा ७९ वर्षीया महिला तथा ५८ र ९१ वर्षीय पुरुष, ललितपुरमा ७३ वर्षीया महिला, चितवनमा ८१, ८१ र ९२ वर्षीय पुरुष, कास्कीमा ८३ वर्षीय पुरुष र सुर्खेतमा ८२ वर्षीया महिला रहेका छन् । यो संक्रमितको ०.६० प्रतिशत हो ।

योसँगै नेपालमा ५९० जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
Share: