एकैदिन हालसम्मकै धेरै ४ हजार ३६४ जनामा कोरोना पुष्टि, २ हजार ६७५ डिस्चार्ज

Share:

काठमाडौँ । नेपालमा एकैदिन ४ हजार ३६४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

२४ घण्टाको अवधिमा यति धेरै संक्रमित भेटिएको यो पहिलो पटक हो। योसँगै देशमा कुल संक्रमितको संख्या ९८ हजार ६१७ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसैगरी पछिल्लो २४ घण्टामा २ हजार ६७५ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । यससँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ७१ हजार ३४३ पुगेको छ ।

हाल देशभर २६ हजार ६८४ संक्रिय संक्रमित छन् । देशभर हाल ४ हजार ४ सय ६० जना क्वारेन्टीनमा रहेका छन् ।  २४ घण्टामा १८ हजार ४७३ जनाको परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: