पोखराका ३ सहित गण्डकीमा थप ३४ जनामा कोरोना पुष्टि

Share:

पोखरा । गण्डकी प्रदेशका थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अन्तर्गत कास्की सहित तनहुँ, गोरखा र नवलपुर गरी ४ जिल्लाका ३४ जनामा कोरोना देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयका अनुसार कास्कीको पोखरा महानगर वडा नं. ८ का ३९ र ६० वर्षका पुरुष तथा ३८ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै तनहुँ जिल्लाको रिसिङ वडा नं. १ का ४४ वर्षीय पुरुष, गोरखा जिल्लाको आरुघाट वडा नं. ४ का ६ वर्षीया बालिका सहित २०, २५ र ४० वर्षका महिला तथा १६, १८, २२ र ६५ वर्षका पुरुष, भिमसेन थापा वडा नं. ३ का २६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।

यसैगरी नवलपुर जिल्लाको कावासोती वडा नं. २ का १४ वर्षीय बलिका सहित ३२, ३९, ४७ र ५० वर्षका महिला, वडा नं. ३ का ५ वर्षीय बालक सहित ३९ वर्षीय पुरुष तथा ४० वर्षीया महिला, कावासोती यसैगरी ५ का २९ वर्षीय पुरुष, वडा नं. ८ का ३२, ३३ र ३४ वर्षका पुरुष र ३४ वर्षीया महिला, वडा नं. १३ का ८ वर्षीय बालक, वडा नं. १४ का ५४ वर्षीय पुरुष र वडा नं. १६ का ३६, ३९, ४१ र ७७ वर्षका पुरुष र २२ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ४ सय ८१ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: