पोखरामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

Share:

पोखरा । पोखरामा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रको आइसियुमा उपचाररत पोखरा वडा नं. १६ का ८३ वर्षीय वृद्धको बिहीबार बिहान मृत्यु भएको हो ।

असोज १३ गते कोरोना पुष्टि भएपछि केन्द्रको आइसियुमा भर्ना भएका वृद्धको बिहीबार बिहान १०ः४३ मा उपचारकै क्रममा मृत्यु भएको हो । मृतक पुरुष हाइपरटेन्सन, डाइबेटिज्, तथा मृगौलाको रोगबाट ग्रसित थिए । प्रतिष्ठानमा उपचारका क्रममा कोरोना संक्रमणबाट ज्यान गुमाउने उनी ११ औं संक्रमित रहेको प्रतिष्ठानले जनाएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ । हालसम्म प्रदेशमा मृत्यु हुने संक्रमितमा कास्कीका ११, नवलपुरका ८, गोरखाका ७, तनहुँका ५, स्याङ्जाका ३, बागलुङ, म्याग्दी र लमजुङका १/१ जना छन् ।

कमेन्ट गर्नुहोस्
Share: