महासंघ र नगर उद्योग बाणिज्य संघ विचको सम्वन्ध जिवन्त हुनु पर्छः प्रधान

Share:

लेखनाथ । नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले महासंघ र जिल्ला तथा नगर उद्योग बाणिज्य संघ विचको सम्वन्ध जिवन्त हुनु पर्नेमा जोड दिनुभएको छ ।

नेपाल उद्योग बाणिज्य महासंघको मंसिर ११ र १२ मा हुन लागेको ५४ औ बार्षिक साधारण सभा तथा चुनावका सिलसिलामा विहिवार लेखनाथ उद्योग बाणिज्य संघले राखेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै प्रधानले जिल्ला तथा नगर उद्योग बाणिज्य संघको माया र प्रेमले यस पटक महासंघले मेरो नेतृत्व मागेकाले बरिष्ठ उपाध्यक्ष पदमा उमेदवारी दिने बताउनुु भएको थियो ।

आफ्नो ब्यवसायलाई एकातिर थाती राखि साना तथा मझौला उद्योग ब्यवसायीहरुका समस्य प्रति सजक हुदै आफ्नो जिवनको २८ वर्ष महासंघमा लागेको अनुभवलाई दिशानिर्देश गर्दै मेलमिलापको आधारमा अगाडी वढ्ने धारणा समेत राख्नु भएको थियो ।

कार्यक्रममा महासंघका केन्द्रिय सदस्य दिनेश श्रेष्ठले सवै ब्यवसायीलाई केन्द्रिय तहसम्म पउच पु¥याउने उदेश्यले नौलो यात्राको गन्तव्य नाम राखेर आफुहरु चुनाबी प्रचार प्रसारको अभियानमा घरदैलोमा लागेको बताउनु भएको थियो ।

सोही अवसरमा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकालले महसंघमा चुनावी एजेण्डा भन्दा पनि पैसा खर्च गरेर नेतृत्व लिने होडको अन्त्य गरि तडक भडक विनाको निर्वाचनले मात्र एकता सन्देश र जिल्ला तथा नगर उद्योग बाणिज्य संघलाई अपमान गर्ने प्रवृतिको अन्त्य हुने सुझाव राख्नु भएको थियोे ।

संघका अध्यक्ष बलराम ढकालको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव गोपिचन्द्र वास्तोलाले संचालन र बरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

यसै विच महासंघको ५४ औं बार्षिक साधारण सभा तथा अधिवेसनका लागि लेखनाथ उद्योग बाणिज्य संघले पुर्व अध्यक्ष बाबुराम गिरीलाई गण्डकी प्रदेश केन्द्रिय सदस्य पदमा उमेदवारी दिने घोषणा गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: