पर्वतमा विद्यालय जाने क्रममा कुलोले बगाउँदा ८ वर्षीया बालिकाको मृत्यु

Share:

पोखरा । विद्यालय जाने क्रममा कुलोले बगाएर पर्वतमा ८ वर्षीया बालिकाको मृत्यु भएको छ ।

जिल्लाको फलेबास नगरपालिका–६ चन्दनी स्थित मनमाया रानाकी ८ वर्षीया छोरी श्रीयासी रानाको चौबिस कुरिया जाने कुलोले बगाउँदा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

आज बिहान करिव ११ः३० बजेतिर कुलोले बगाएकी बालिकालाई स्थानीयले उद्दार गरी उपचारको लागि धुलिखेल अस्पताल खनिगाँउ पर्वत लगेकोमा दिउँसो १२ः३० बजे डाक्टरले मृत घोषणा गरेको प्रहरी जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: