
पोखरा । पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
कास्कीको पोखरा महानगरपालिका ६ बुलौदीमा दुर्घटना हुँदा स्याङजा बिरुवा गाउँपालिका ८ घर भई पोखरा १५ नयाँगाउ बस्ने २८ वर्षीय दिलिप गुरुङको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका गुरुङलाई उपचारको लागि गण्डकी मेडिकल कलेज लगिएकोमा चिकित्सकले २ः३५ मा मृत घोषणा गरेको हो ।
प्रहरीका अनुसार हल्लनचोकबाट जिरो तर्फ जाँदै गरेको ग१६ प ५०६ नं. को मोटरसाईकल अनियन्त्रित भई डिभाईडरमा ठक्कर खाँदा दुर्घटना भएको हो ।
घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
