भारतमा २४ घण्टामा ७० हजार ८१८ जनामा कोरोना पुष्टि, १००० संक्रमितको मृत्यु

Share:

काठमाडौँ । छिमेकी देश भारतमा पछिल्लो २४ घण्टामा ७० हजार ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै भारतमा संक्रमितको संख्या ६९ लाख ३ हजार ८०६ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ५९ लाख ३ हजार १७० जना संक्रमणमुक्त भएका छन् ।

यस्तै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ६ हजार ५५४ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १००० संक्रमितको मृत्यु भएको हो ।

भारत कोरोना संक्रमणबाट सार्क मुलुकमा पहिलो तथा विश्वकै दोस्रो प्रभावित मुलुक हो ।

कमेन्ट गर्नुहोस्
Share: