प्रधानमन्त्रीको सचिवालयका तीन जना कोरोनामुक्त

Share:

काठमाडौँ । प्रधानमन्त्रीको सचिवालयका तीन जना कोरोना संक्रमणमुक्त भएका छन्।

मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापा संक्रमणमुक्त भएका हुन्।

प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जाल ट्वीटमा तीनै जनाको पछिल्लो स्वाब रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका हुन् ।

कमेन्ट गर्नुहोस्
Share: