धादिङका गुण्डा नाइके राधे भण्डारी पक्राउ

1237
0
Share:

काठमाडौँ । धादिङका गुण्डा नाइके राधे भण्डारी पक्राउ परेका छन् ।

जिललाको सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिलाई धम्की दिएको अभियोगमा उनलाई जिल्ला प्रहरी कार्यालय, धादिङले उनलाई पक्राउ गरेको हो ।

सिद्धलेक गाउँपालिकामा राधेले क्रसर सञ्चालन गरेका छन्। बालुवा निकाल्ने ठेक्काको म्याद समाप्त भएपछि पनि उनले अवैध तरिकाले बालुवा निकाल्दै आएका थिए ।

जनप्रतिनिधिले त्यसलाई रोक्न भनेपछि भण्डारीले धम्की दिएका थिए । त्यसपछि गाउँपालिकाका प्रतिनिधिले जिल्ला प्रशासन कार्यालय, धादिङमा उजुरी दिएपछि भण्डारीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।

प्रहरीले उनको क्रसर पनि बन्द गराएको छ । नेपाली कांग्रेस निकट तरुण दलको जिल्ला उपाध्यक्ष समेत भण्डारीले अर्काको नाममा ठेक्का पारेर सिद्धलेकमा बालुवा र गिट्टी निकाल्दै आएका थिए ।

यसअघि ०७० साल २१ असारमा धादिङबाट राजधानी फर्किने क्रममा गुण्डा नाइके दिनेश अधिकारी (चरी) लाई गोली हानेपछि उनी चर्चामा आएका थिए । त्यसअघि चरी समूहका आयुप तामाङको समेत उनले हात काटिदिएका थिए ।

चरीलाई गोली हानेको घटनामा उनी राजनीतिक दबाबमा डेढ लाख रुपैयाँ धरौटी तिरेर छुटेका थिए । चरी भने २१ साउन २०७१ मा भीमढुंगामा भएको प्रहरी इन्काउन्टरमा मारिएका छन् ।

चरी मारिएपछि धादिङको गुण्डागर्दीमा राधे समूहले पकड राख्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: