
पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या साढे ४ हजार नाघेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार शुक्रबार दिउँसो कास्की सहित ५ जिल्लाका ३५ जनामा कोरोना संक्रमण देखिएसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ५ सय ३३ पुगेको छ ।
निर्देशनालयका अनुसार दिउँसो कास्कीको पोखरा महानगरपालिकाका मात्रै २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित हुनेमा पोखरा वडा नं. ८ का ५५ वर्षीया महिला, वडा नं. ९का ४४ वर्षीया महिला, वडा नं. २७ का ३६ वर्षीय पुरुष, वडा नं. २९ का २५, ४३ ४६ र ६० वर्षका पुरुष, वडा नं. ३० का ३८ वर्षीय पुरुष, वडा नं. ३१ का ६० वर्षीय, वडा नं. ३२ का १६ र ३८ वर्षका पुरुष, पद्म नर्सिङ अस्पतालमा कार्यरत चिकित्सक ६२ वर्षीय पुरुष, जिएमसी अस्पतलमा उपचाररत २४ र ८१ वर्षका पुरुष, चरक अस्पतालमा उपचाररत ६०, ६६, ८५, ७८ र ४७ वर्षका ५ पुरुष तथा २५, ४९, ५५ र ६० वर्षका ४ महिला एवं ३२ वर्षका एकजना रहेका छन् ।
यसैगरी लमजुङको सुन्दरबजारका ३१ र ३९ वर्षका पुरुष तथा ५३ वर्षीया महिला, तनहुँको व्यास २ का ४२ र ५९ वर्षका दुई जना, ३ का ३४ वर्षीय पुरुष र २४ वर्षीया महिला, ४ का ३२ वर्षीय पुरुष, गोरखा पालुङटार ८ का ४० वर्षीय पुरुष, नवलपुर कावासोती २ का ४५ वर्षीय पुरुष र ८ का ५१ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यसअघि हिजो साँझ पनि पोखराका १६ जना र तनहुँका १ जनामा कोरोना संक्रमण देखिएको थियो ।
संक्रमित हुनेमा पोखरा वडा नं. २ का ३८ वर्षीय पुरुष, वडा नं. ४ का २५ वर्षीया महिला, वडा नं. ५ का ४५ वर्षीय पुरुष, वडा नं. ६ का ४० वर्षीय पुरुष, वडा नं. ७ का ३८ वर्षीय पुरुष, वडा नं. ८ का ३४ र ४१ वर्षका पुरुष, वडा नं. १० का ३० र ५८ वर्षीया महिला, वडा नं. ११ का ३८ वर्षीय पुरुष, वडा नं. १३ का ४६ वर्षीय पुरुष, वडा नं. १७ का ३८ वर्षीय पुरुष र २१ वर्षीया महिला, वडा नं. २५ का ५० वर्षीय पुरुष र ४३ वर्षीया महिला, वडा नं. २६ का २६ वर्षीय पुरुष तथा तनहुँको शुक्लागण्डकी वडा नं. १० का ३० वर्षीय पुरुष रहेका छन् ।
