नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो, मृतक संख्या ६०० पुग्यो

Share:

काठमाडौँ । नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा २०५९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको कुल संख्या १ लाख ६७६ पुगेको हो ।

२४ घण्टामा ७३२ महिला र १३२७ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज काठमाडौँमा सबैभन्दा धेरै १ हजार ११६ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै ललितपुरका १६३ जना, भक्तपुरका १३० जना, मोरङका ८६ जना, मकवानपुरका ६७ जना, दाङका ६५ जना, चितवनका ५१ जना, बाँकेका ४५ जना, काभ्रेका ४० जना, कास्कीका २८ जना, सुनसरीका २६ जना, नवलपुरका २५ जना, रामेछापका १९ जना, महोत्तरीा १७ जना, पर्साका १५ जना, गोरखाका १२ जना, बारा र सिन्धुली ११ जनामा कोरोना संक्रमण देखिएको छ ।

रौतहट र बर्दियाका ९/९ जना, झापा, तनहुँ र दैलेखका ८/८ जना, सर्लाही र धादिङका ७/७ जना तथा सिन्धुपाल्चोकका ६ जना, गुल्मी र कालीकोटका ५/५ जना, नुवाकोटका ४, खोटाङ, धनुषा, दोलखा, पर्वत, लमजुङ, अर्घाखाँची, प्युठान, रुपन्देही सल्यान र सुर्खेतका ३/३ जना, धनकुटा, बाग्लुङ, पाल्पा, रुकुम पूर्व, रोल्पा, कञ्चनपुर र कैलालीका २/२ जना तथा उदयपुर, भोजपुर, सप्तरी, सिराहा, स्याङ्जा, कपिलवस्तु, रुकुम पश्चिम,डोटी र बैतडीका १/१ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६०० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएसँगै मृतकको संख्या ६०० पुगेको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६८० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यससँगै संक्रमणमुक्त हुनेको संख्या ७३ हजार २३ पुगेको छ । यो कुल संक्रमितको ७२.५ प्रतिशत हो।

२४ घण्टामा १३ हजार २७९ नमुना परीक्षण भएको र हालसम्म ११ लाख ४५ हजार २ सय ३७ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।

हाल देशभर २७ हजार ५३ संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

देशभर ३ सय ९३ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियू र भेन्टिलेटरमा उपचाररत छन्। ४ हजार ७ सय ३ जना क्वारेन्टीनमा छन्।

कमेन्ट गर्नुहोस्
Share: