गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ६१७ पुग्यो

Share:

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ६१७ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार दिउँसो विज्ञप्ति जारी गरी सो बारे जानकारी दिएको हो ।

निर्देशनालयले शुक्रबार हालसम्म ४ पटक विज्ञप्ति जारी गरिसकेको छ । पछिल्लो (चौथो) विज्ञप्ति अनुसार तनहुँ जिल्लामा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

निर्देशनालयका अनुसार तनहुँको व्यास वडा नं. १ का २९ वर्षीय महिला र ३३ वर्षीय पुरुष, वडा नं. २ का २१ वर्षीया महिला तथा २६, २७–२७, २८ र २९ वर्षका पुरुष, वडा नं. ३ का ३८ वर्षीया महिला, २६, ४३ र ५१ वर्षका पुरुष, वडा नं. ४ का ३८–३८ वर्षका महिला र शुक्लागण्डकी वडा नं. ७ का ३४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै तेस्रो विज्ञप्ति अनुसार कास्कीका ११ सहित गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

निर्देशनालयका अनुसार कास्की, तनहुँ र म्याग्दीका थप २८ जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमण पुष्टि हुनेमा कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. १ का २९ वर्षीय पुरुष तथा २४ र २७ वर्षीया महिला, पोखरा वडा नं. ५ का ३८, ४१ र ४७ वर्षीय पुरुष, वडा नं. ८ का ६ र १६ वर्षीय बालक, पोखरा वडा नं. ९ का २२ वर्षीय पुरुष, पोखरा वडा नं. १७ का ३५ वर्षीय पुरुष तथा ३२ वर्षीया महिला, माछापुच्छ्रे गाउँपालिका वडा नं. ५ का ४१ वर्षीय पुरुष तथा ९ का २२ वर्षीय पुरुष रहेका छन् ।

तनहुँ जिल्लाको नेपाल प्रहरीमा कार्यरत ३८ वर्षीय पुरुष तथा व्यास वडा नं. १ का ३७ वर्षीय पुरुष, वडा नं. २ का १२ वर्षीय बालक सहित ५३ वर्षीय पुरुष, वडा नं. ४ का २७ वर्षीय पुरुष, वडा नं. ५ का २८ वर्षीय पुरुष, वडा नं. ८ का २५ वर्षीय पुरुष, वडा नं. १० का ८ वर्षीय बालक सहित ३४ वर्षीय पुरुष तथा २८ र ४० वर्षीया महिला, म्याग्दी जिल्लाको वेनी वडा नं. २ का ८ र १० वर्षीय बालक तथा २८ वर्षीया महिला, वडा नं. ९ का २४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।

यसैगरी दोस्रो विज्ञप्ति अनुसार प्रदेशका ६ जिल्लामा ३९ कोरोना संक्रमित थपिएका छन् ।

निर्देशनालयका अनुसार कास्कीका ८, स्याङ्जाका ३, गोरखाका १५, तनहुँका ११, बाग्लुङ र म्याग्दीका १,१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा कास्कीको पोखरा महानगरपालिका वडा नं. ३ की ५० वर्षीया महिला, ४ वडा नं. का ३७ वर्षीय पुरुष, वडा नं. ११ का ५५ वर्षीय पुरुष, वडा नं. १२ का ३७ वर्षीय पुरुष, वडा नं.१४ का ४० र ४३ वर्षीय पुरुष, वडा नं.१७ का ४५ वर्षीय पुरुष र वडा नं. १८ का २२ वर्षीय पुरुष रहेका छन् ।

स्याङजा जिल्लाको वालिङ नगरपालिका वडा नं. ३ का २९ वर्षीय पुरुष, वडा नं. ११ का २० वर्षीय पुरुष, वडा नं. १४ का २१ वर्षीय पुरुष, बागलुङ जिल्लाको वरेङ वडा नं. ४ का १७ वर्षीय पुरुष, गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं. ६ का ४२, २५, २२, २९, ३३, ३०, ३७, ३७, ३२, ३७, २४, २५, २२ र ३१ वर्षका १४ जना पुरुष र २२ वर्षीया महिला गरी १५ जनामा कोरोना संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।

त्यस्तै तनहुँ जिल्लाको वन्दीपुर वडा नं. १ का १८ र ४२ वर्षीय पुरुष तथा ३ वर्षीया बालिका र २२ वर्षीया महिला, वडा नं. २ की २३ वर्षीया महिला, शुक्लागण्डकी वडा नं. ४ का ३२ वर्षीय पुरुष, वडा नं. ५ की ३२ वर्षीया महिला तथा ३२ र ३९ वर्षीय पुरुष, वडा नं. ६ का ४१ वर्षीय पुरुष, वडा नं. ८ का २३ वर्षीय पुरुष, म्याग्दी जिल्लाको मालिका वडा नं. ५ की ३५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसअघि पहिलो विज्ञप्ति अनुसार आजै पोखराका २४ सहित प्रदेशमा ३५ जना कोरोना संक्रमित थपिएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: