विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ७१ लाख नाघ्यो, १० लाख ७२ हजारको मृत्यु

Share:

काठमाडौँ । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ३ करोड ७१ लाख नाघेको छ । वर्ल्डोमिटर्सका अनुसार शनिबार बिहानसम्म कोरोना संक्रमितको संख्या ३ करोड ७१ लाख ५ हजार ५४४ पुगेको छ ।

यस्तै विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख ७२ हजार ६८६ पुगेको छ ।

हालसम्म २ करोड ७८ लाख ९६ हजार ८८० जना निको भएका छन् । यो कुल संक्रमितको ७५ दशमलव १८ प्रतिशत हो ।

सबैभन्दा धेरै प्रभावित मुलुक अमेरिकामा संक्रमितको संख्या ७८ लाख ९३ हजार ८९१ पुगेको छ । अमेरिकामा संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख १८ हजार ६४२ पुगेको छ भने ५० लाख ५९ हजार ४९ जना संक्रमणमुक्त भएका छन् ।

दोस्रो प्रभावित मुलुक भारतमा संक्रमितको संख्या ६९ लाख ७७ हजार ८ पुगेको छ । भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ७ हजार ४५० पुगेको छ भने अहिलेसम्म ५९ लाख ८५ हजार ५०५ जना संक्रमणमुक्त भएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: