कोरोना संक्रमित नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरी आईसीयुमा

Share:

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई आईसीयुमा सारिएको छ ।

चौथो दिनमा पनि केही सुधार नआएपछि चौधरीलाई गएरातिदेखि आइसीयूमा सिफ्ट गरिएको उनको सचिवालयले जनाएको छ । चौधरीको उपचार बीर अस्पतालमा हुँदै आएको छ ।

चौधरीमा यही असोज १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: