राष्ट्रिय खेलकुद परिषदको बोर्ड सदस्यमा ११ सदस्य नियुक्त

Share:

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड सदस्यमा थप ११ जना नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले परिषद्का रिक्त नौ जना र राखेप अध्यक्षको हैसियतमा युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले दुई जना गरी ११ बोर्ड सदस्य नियुक्त गरिएको हो।

बोर्ड सदस्यमा नियुक्त हुनेहरूमा हरि खड्का, मानदेव हजारा, पुरेन्द्रविक्रम लाखे, राजेश गुरुङ, मोहमद सागिर शेख, नन्दा बस्याल, एकेन्द्र कुँवर, चन्द्रवदना राई, सुमित्रा चौधरी, रेनुका श्रेष्ठ र सुवर्णा श्रेष्ठ छन्।

मन्त्रिपरिषद् बैठकले नियुक्त गरेका बोर्ड सदस्यमा फुटबलर हरि खड्का, मानदेव हजारा, पुरेन्द्र बिक्रम लाखे, राजेश गुरुङ, मोहमद सागिर शेख, नन्दा बस्याल, एकेन्द्र कुँवर, चन्द्रबदना राई, सुमित्रा चौधरी छन् ।

यस्तै परिषद् अध्यक्षको हैसियतमा मन्त्री विश्वकर्माको सिफारिसमा रेनुका श्रेष्ठ र सुवर्णा श्रेष्ठलाई नियुक्त गरिएको छ ।

असार १८ गते लागू भएको राष्ट्रिय खेलकुद विकास ऐन अनुसार खेलकुदको विकासमा महत्वपूर्ण योगदान गरेका प्रतिष्ठित व्यक्ति, राष्ट्रिय तथा अन्तराष्ट्रिय पूर्व खेलाडीमध्ये सातै प्रदेशबाट प्रतिनिधित्व हुने गरी महिला, दलित, आदिवासी–जनजाति, खसआर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रको समेतबाट प्रतिनिधित्व हुने गरी कम्तीमा तीन महिला सहित सरकारले मनोनयन गर्ने व्यवस्था छ । मनोनयन गर्दा कम्तीमा ५० प्रतिशत सदस्य राष्ट्रिय तथा अन्तराष्ट्रिय पूर्व खेलाडीमध्येबाट गर्नुपर्ने उल्लेख छ ।

राष्ट्रिय खेलकुद विकास ऐनले ३७ सदस्यीय बोर्ड सदस्यको व्यवस्था गरेको छ। ऐनको प्रावधानअनुसार नै मन्त्री विश्वकर्माले गत साउन १५ गते ६ जना बोर्ड सदस्य नियुक्त गरेका थिए। मन्त्री विश्वकर्माले परिषद् अध्यक्षको हैसियतमा रिम रानाभाट, इन्दिरा निरौला, गोविन्द भट्टराई, अर्जुन केसी, सम्पन्न श्रेष्ठ र सुवास श्रेष्ठलाई नियुक्त सदस्यमा नियुक्त गरेका थिए।

नयाँ ऐनअनुसार नै राखेप सदस्यसचिवमा रमेशकुमार सिलवाल र उपाध्यक्षमा शिव कोइराला नियुक्त भएका थिए।

कमेन्ट गर्नुहोस्
Share: