नेपालमा थप १४ जना कोरोना संक्रमितको मृत्यु

Share:

काठमाडौँ । नेपालमा थप १४ जना कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १० वटा जिल्लाका २ महिला र १२ पुरुष गरी १४ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सुनसरीमा ४५ वर्षीय पुरुष, मोरङमा २० र ७२ वर्षका पुरुष, सर्लाहीमा ७१ वर्षीय पुरुष, काठमाडौँमा ६८ वर्षीया महिला तथा ४८ र ९० वर्षका पुरुष, ललितपुरमा ४३ र ४९ वर्षका पुरुष, भक्तपुरमा ६८ वर्षीय पुरुष, मकवानपुरमा ७७ वर्षीय पुरुष, धादिङमा ३१ वर्षीया महिला, नवलपरासी पूर्वमा ३६ वर्षीय पुरुष र रुपन्देहीमा ५७ वर्षीय पुरुषको मृत्यु भएको छ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय १४ पुगेको छ ।

हाल देशभर ३० हजार ८१८ संक्रिय संक्रमित छन् । १७ हजार १६४ जना होम आइसोलेसनमा छन् भने १३ हजार ६५४ संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये ३२१ जनाको आईसीयू र ७७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।हाल ४६८६ जना क्वारेन्टीनमा छन्।

कमेन्ट गर्नुहोस्
Share: