
पोखरा । पोखरामा मोटरसाईकलको ठक्करबाट एक महिला गम्भिर घाईते भएकी छन् ।
शनिबार बिहान साढे ८ बजे कास्कीको पोखरा–२६ बुढिबजारमा प्रदेश नं.२–०१–००१ प १९७९ नं.को मोटरसाईकलले ठक्कर दिंदा पोखरा–२७ रिठ्ठेपानी बस्ने वर्ष ३२ की सिता गुरुङ घाईते भएकी हुन् ।
दुर्घटनामा गम्भिर घाईते भएकी गुरुङलाई उपचारको लागि गण्डकी मेडिकल कलेज पठाईएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
मोटरसाईकल चालकलाई नियन्त्रणमा लिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
