
पोखरा । पोखराका २१ जना सहित गण्डकी प्रदेशमा ६२ जना कोरोना संक्रमित थपिएका छन् । आइतबार बिहान क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणका क्रममा कास्कीको पोखराका २१, बाग्लुङका ३६ र लमजुङका ५ जना गरी ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार चरक अस्पतालमा उपचाररत पोखरा महानगरपालिका वडा नं. ८ का ६७ र ७० वर्षका दुई पुरुष, पोखरा वडा नं. १ का ३९ वर्षीय पुरुष, वडा नं. ४ का २९ वर्षीय पुरुष, वडा नं. ५ का २० वर्षीया महिला तथा ३८ र ४६ वर्षीय पुरुष, वडा नं. ९ का ४५ वर्षीया महिला, वडा नं. १० का ९ वर्षीया बालिका र ४३ वर्षीय पुरुष, वडा नं. १४ का ४३ वर्षीय पुरुष, वडा नं. १५ का १८ र ५६ वर्षीय पुरुष, वडा नं. १६ का ३३ वर्षीया महिला, वडा नं. १७ का २७ वर्षीया महिला र ४५ वर्षीय पुरुष, वडा नं. २० का ८९ वर्षीया महिला, वडा नं. २२ का २७ वर्षीया महिला तथा ४२ वर्षीय पुरुष, वडा नं. ३० का ३० वर्षीय पुरुष र वडा नं. ३२ का ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै बाग्लुङमा २१ देखि ५४ वर्ष उमेर समुहका २९ जना पुरुष र एक १९ वर्षीया महिला गरी ३० जना नेपाल आर्मीमा, ३० र ३६ वर्षका २ जना पुरुष नेपाल प्रहरीमा र ३१ वर्षीय पुरुष र ३२ वर्षीया महिला गरी दुई बाग्लुङ ईजलासमा कार्यरत कर्मचारी, ३६ बर्षीय पुरुष जिल्ला प्रहरी कार्यालयका थुनुवा र वडा नं. २ का ५६ बर्षीय पुरुष स्थानीय व्यवसायीमा कोरोना देखिएको छ ।
यसैगरी लमजुङबेसी सहर वडा नं. ७ का २७ वर्षीया महिला, वडा नं. ८ का २०, २२ र २७ वर्षका पुरुष, मस्य्राङ्दी वडा नं. ३ का २० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ७५३ पुगेको छ ।

