भारतमा कोरोना संक्रमितको संख्या ७१ लाख नाघ्यो

Share:

काठमाडौँ । छिमेकी देश भारतमा संक्रमितको संख्या ७१ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ६७ हजार ७५७ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७१ लाख १९ हजार ३०० पुगेको हो ।

यस्तै भारतमा पछिल्लो २४ घण्टामा थप ८१३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ९ हजार १८४ पुगेको छ ।

हालसम्म भारतमा ६१ लाख ४६ हजार ४२७ जना भने संक्रमणमुक्त भएका छन् । भारत सबैभन्दा धेरै कोरोना संक्रमण पुष्टि भएको विश्वकै दोस्रो मुलुक हो ।

कमेन्ट गर्नुहोस्
Share: