तनहुँमा मृत चितुवा फेला

Share:

तनहुँ । तनहुँमा एक चितुवा मृतावस्थामा फेला परेको छ।

जिल्लाको शुक्लागण्डकी नगरपालिका–१ अमारेगाउँमा भाले चितुवा मृतावस्थामा फेला परेको डिभिजन कार्यालय तनहुँले जनाएको छ ।

पछिल्लो एक वर्षको अवधिमा तनहुँका विभिन्न स्थानमा मृत भेटिएका चितुवाको संख्या सात पुगेको छ ।

डिभिजन वन कार्यालयका अनुसार भानु नगरपालिका–४ कुमालगाउँ, भानु नगरपालिका– ९ बाइसजाँगर, भानु नगरपालिका–७ बगैचागाउँ, भानु नगरपालिका–४ कुमालगाउँ, भानु नगरपालिका–७ वसन्तपुर र व्यास नगरपालिका–५ पतेनीमा चितुवा मृतावस्थामा फेला परेको थियो।

कमेन्ट गर्नुहोस्
Share: