
काठमाडौँ । छिमेकी देश भारतमा कोरोना संक्रमितको संख्या ७१ लाख ७३ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा ५४ हजार २६५ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७१ लाख ७३ हजार ५६५ पुगेको हो ।
यस्तै पछिल्लो २४ घण्टामा भारतमा थप ७१० कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै त्यहाँ कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ९ हजार ८९४ पुगेको छ ।
हालसम्म भारतमा ६२ लाख २४ हजार ७९२ जना संक्रमणमुक्त भएका छन् ।
कोरोना संक्रमणबाट सबैभन्दा धेरै प्रभावित हुने मुलुकमा भारत विश्वकै दोस्रो मुलुक हो ।
कमेन्ट गर्नुहोस्
