विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ८० लाख नाघ्यो, १० लाख ८५ हजारको मृत्यु

Share:

काठमाडौँ । विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ८० लाख नाघेको छ ।

पछिल्लो तथ्याङ्क अनुसार विश्वमा संक्रमितको संख्या ३ करोड ८० लाख ३५ हजार ३४९ पुगेको हो ।

यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख ८५ हजार १५१ पुगेको छ भने हालसम्म २ करोड ८५ लाख ९६ हजार संक्रमणमुक्त भएका छन् ।

सबैभन्दा धेरै प्रभावित अमेरिकामा संक्रमितको संख्या ८० लाख ३७ हजार पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: