कस्तो रहन्छ आज देशभरको मौसम?

Share:

पोखरा। मंगलबार देशभरको मौसम सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ ।

अहिले देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ। बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको छ।

मंगलबार दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै राती प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

हाल बंगालको खाडीको पश्चिम–मध्य भागमा शक्तिशाली निम्न चापीय क्षेत्र रहेको छ। उक्त निम्न चापिय क्षेत्र अझै शक्तिशाली हुँदै पश्चिम–उत्तरपश्चिमी दिशा तर्फ सर्दै जाने देखिएको महाशाखाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: