
पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ९ सय ७१ पुगेको छ ।
सोमबार (आज) एकैपटक १२६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४ हजार ९ सय ७१ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको हो ।
निर्देशनालयका अनुसार सोमबार कास्कीका २९ जना, नवलपुरका ६१ जना, तनहुँका २६ जना, बागलुङका ७ जना, स्याङजाका १ जना र लमजुङका २ जना गरी प्रदेशका ५ जिल्लामा १ सय २६ संक्रमित थपिएको जनाएको छ ।
कास्कीका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् ।
संक्रमण पुष्टि हुनेमा पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानका ३० र ३१ वर्षका पुरुष चिकित्सक, ओम अस्पतालमा उपचाररत २८ वर्षीय पुरुष तथा चारक मेमोरियल अस्पतालमा उपचाररत ३१ वर्षीय पुरुष तथा ४० वर्षीया महिला, फेवासिटी हस्पिटलको क्यान्टिनमा कार्यरत १९ वर्षीय पुरुष, पोखरा १ का ३५ वर्षीय पुरुष, ५ का ३२, ३६ र ३८ वर्षका पुरुष, ६ का ४९ वर्षीय पुरुष र ४५ वर्षीया महिला, ७ का ३५ वर्षीय पुरुष, ८ का ७५ वर्षीय पुरुष, १० का २९, ४० र ५१ वर्षका पुरुष तथा २१ र ३५ वर्षका महिला, १३ का २४ र ४८ वर्षका पुरुष, १४ का १९ र २९ वर्षीय पुरुष, २५ का २०, ५५ र ८२ वर्षीय पुरुष तथा ३२ र ४९ वर्षीया महिला, २९ का ४१ वर्षीय पुरुष रहेका छन् ।
त्यसैगरी तनहुँको भिमाद ३ का २१, ३५ र ५० वर्षका महिला तथा १७ वर्षीय पुरुष, व्यास १० का ३१ वर्षीय पुरुष, १ का २६ वर्षीया महिला तथा १३, १५ र २७ वर्षका पुरुष, ४ का ३६ वर्षीय पुरुष तथा २५ वर्षीय पुरुष, ३ का ४० वर्षीय पुरुष, २ का ३४ वर्षीय महिला, १४ का २८ वर्षीया महिला, ८ का ४२ वर्षीया महिला, बन्दीपुर १ का ३३ र ३८ वर्षीया महिला तथा ३० र ४६ वर्षीय पुरुष, शुक्लागण्डकीका ४ का ४१ वर्षीय पुरुष, ५ का ३८ वर्षीया महिला तथा २१ र ४६ वर्षीय पुरुष, ७ का ८ वर्षीया बालिका सहित २६ वर्षीया महिला, स्याङजा भिरकोटकी ५२ वर्षीया महिला, लम्जुङ मध्येनेपाल २ का २८ वर्षीय पुरुष र ४ का ३२ वर्षीय तथा बागलुङमा नेपाल आर्मीमा कार्यरत २२ र ३१ वर्षका २ पुरुष तथा बागलुङ १ का ३४ वर्षीय पुरुष, २ का ७७ वर्षीय पुरुष, ४ का ३६ वर्षीय पुरुष, ७ का ५२ वर्षीय पुरुष र १० का २९ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।
यता नवलपुर मध्यविन्दु १४ का ४८ वर्षीय पुरुष, गैंडाकोट १४ का ९० वर्षीय पुरुष, १५ का ५० वर्षीया महिला र ५८ वर्षीय पुरुष, १६ का ७९ वर्षीय पुरुष, देवचुली १ का ३ वर्षीय बालकसहित ३२ र ३४ वर्षका पुरुष तथा ९ वर्षीया बालिका सहित १५, २६, ३०, ३१ र ४४ वर्षका महिला, २ का १६ महिनाका बालक सहित ३३ र ३५ वर्षका पुरुष, ३ का २८ वर्षीय पुरुष, ४ का ६५ वर्षीया महिला, ५ का २१ वर्षीया महिला र २३ वर्षीय पुरुष, ७ का २५ र ४८ वर्षका पुरुष, ८ का ३१ वर्षीय पुरुष, ९ का ४४ वर्षीया महिला, १० का ३४ र ५० वर्षीय पुरुष, ११ का १२ वर्षीया बालिका सहित ३४ वर्षीया महिला तथा ४४ र ५३ वर्षीय पुरुष, १२ का २६ र ३२ वर्षीया महिला तथा २८, ३५ र ६३ वर्षीय पुरुष, १३ का २७, ३६, ४५, ५०, ५५ र ८७ वर्षका पुरुष तथा ९ वर्षीया बालिका सहित २७–२७, ३१, ३२, ४०, ४७ र ५६ वर्षका महिला, १४ का ४२ वर्षीया महिला, १५ का ४३ वर्षीया महिला र ४५ वर्षीय पुरुष, १६ का २५ वर्षीया महिला र ६२ वर्षीय पुरुष, १७ का उमेर नखुलेका एक पुरुष तथा पालिका र उमेर नखुलेका थप दुई पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ८८३ जनाको परिक्षण गरिएको हो । यससँगै हालसम्म प्रदेशमा परिक्षणको संख्या ७७ हजार ५७६ पुगेको छ ।
यसैगरी आज गण्डकी प्रदेशमा ७ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ३ हजार ३१९ पुगेको छ ।
हाल प्रदेशमा ४ हजार ९७१ सक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ ।
