आज पृथ्वीबाट मंगल ग्रह सबैभन्दा ठूलो देखिने

247
0
Share:

काठमाडौँ । आज पृथ्वीबाट मंगल ग्रह सबैभन्दा ठूलो देखिने भएको छ ।

आज राति मंगल ग्रह पृथ्वी र सूर्य आपसमा सिधा रहने भएकोले पृथ्वीबाट आज मंगल ग्रह ठूलो र चम्किलो देखिने अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले जनाएको छ ।

यी तीनवटा ग्रह १८० डिग्रीको कोणमा रहने यो दुर्लभ खगोलीय घटना भएको नासाले जनाएको छ । यो घटनालाई खगोलशास्त्रको भाषामा मंगल ग्रहको ‘अपोजिशन’ भनिन्छ ।

यसलाई टेलिस्कोपको सहयोगमा अवलोकन गर्न सकिने भए पनि राम्रोसँग हेर्न भने नजिकको खगोल विज्ञान केन्द्रमै जानुपर्ने हुन्छ।

यस्तो दुर्लभ घटना हरेक २ वर्ष (२६ महिना) मा हुने जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: