
पोखरा । गण्डकी प्रदेशमा ३४ जना कोरोना संक्रमित थपिएका छन् ।
मंगलबार बिहान क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशका कास्की सहित स्याङ्जा र लमजुङका गरी ३ जिल्लाका ३४ जनामा कोरोना संक्रमण देखिएको हो ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्कीको पोखरा महानगरपालिकामा मात्रै १८ जनामा कोरोना पुष्टि भएको छ ।
संक्रमित हुनेमा कास्कीको पोखरा स्थित मणिपाल अस्पतालमा उपचाररत २६ वर्षीय पुरुष, चरक अस्पतालमा उपचाररत ४२ वर्षीय पुरुष, गण्डकी मेडिकल कलेजमा उपचाररत २३ वर्षीया महिला तथा ३२, ३६, ४८ र ७० वर्षका पुरुष रहेका छन् ।
यस्तै पोखरा महानगरपालिका वडा नं. ७ का ५५ वर्षीया महिला, ३२ र ५२ वर्षका पुरुष, वडा नं. २ का २७ वर्षीय पुरुष, वडा नं. २५ का ४६ वर्षीय पुरुष, वडा नं. ३१ का ३९ वर्षीय पुरुष, वडा नं. १० का ३५ वर्षीय पुरुष, वडा नं. १ का २८ वर्षीया महिला, वडा नं. ३ का ४२ वर्षीय पुरुष, वडा नं. ११ का ४३ वर्षीय पुरुष र वडा नखुलेका ५ वर्षीय बालक पनि रहेका छन् ।
यसैगरी स्याङ्जाको चापाकोटका २२, ३७, ३८ र ५२ वर्षका महिला तथा ४२, ४८, ४६, ६०, ६७, २९, ४०, ६१, ३४ र ५८ वर्षका पुरुष, लमजुङ सुन्दरबजारका ३९ वर्षीय पुरुष र मध्यनेपालका २५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५००५ पुगेको छ ।
