मंगलबार पोखराका ५२ सहित गण्डकी प्रदेशमा १२९ कोरोना संक्रमित थपिए, १३० जना डिस्चार्ज

Share:

पोखरा । गण्डकी प्रदेशमा मंगलबार (आज) १२९ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीले मंगलबार ३ पटकसम्म अध्यावधिक विज्ञप्ति जारी गरी सो बारे जानकारी दिएको हो । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५१०० पुगेको छ ।

आज प्रदेश अन्तर्गत कास्कीका ५२ जना, लमजुङका २९, तनहुँका २८, स्याङ्जाका १७, पर्वतका २ र मनाङका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

निर्देशनालयका अनुसार कास्की जिल्लामा थपिएका सबै पोखरा महानगरपालिकाका हुन् ।

निर्देशनालयले जारी गरेको तेस्रो (पछिल्लो) विज्ञप्ति अनुसार गण्डकी प्रदेशमा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा प्रदेश अन्तर्गत कास्कीसहित स्याङ्जा, पर्वत, मनाङ, लमजुङ र तनहुँ गरी ६ वटा जिल्लाका ७६ जनामा कोरोना देखिएको हो ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्कीको पोखरामा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेमा पोखरा महानगरपालिका वडा नं. ५ का ४० र ४४ वर्षीय पुरुष, वडा नं. १७ का २४ र ४६ वर्षीय पुरुष, वडा नं. १४ का २६ र ४० वर्षीय पुरुष, वडा नं. ३ का २५ वर्षीया महिला र ६५ वर्षीय पुरुष, वडा नं. १९ का २७ र ४५ वर्षीय पुरुष, वडा नं. ९ का १९ र २२ वर्षीय पुरुष, वडा नं. २७ का २६ वर्षीया महिला, वडा नं. ७ का २२, २३ र ३२ वर्षीय पुरुष, वडा नं. २० का ५६ वर्षीया महिला रहेका छन् ।

लमजुङमा थप २७ जनालाई कोरोना संक्रमण भएको छ । संक्रमित हुनेमा दोर्दी गाउँपालिकाका २२, ३३ र ३५ वर्षीया महिला तथा २४ देखि ५२ वर्ष उमेर समुहका २४ जना पुरुष रहेका छन् । निर्देशनालयका अनुसार उनीहरु २७ जना नै लिबर्टी हाईड्रो कम्पनिमा कार्यरत कर्मचारीहरु हुन् ।

तनहुँमा २६ जना संक्रमित थपिएका छन्। संक्रमित हुनेमा शुक्लागण्डकीका १ महिनाका बालिका, ३ वर्षका बालक र २३ वर्षीया महिला, भिमाद ६ का २६, ५२ र ५० वर्षीया महिला तथा २३, २६, ४१ र ४४ वर्षीय पुरुष, व्यास ११ का २८ वर्षीय पुरुष, २ का २७, ५३ र ४६ वर्षीय पुरुष तथा २७, ४२ र २७ वर्षीया महिला, ३ का १५, २९ र ४८ वर्षीय पुरुष तथा १७, ३०, ४४ र ४६ वर्षीया महिला, ४ का २८ वर्षीय पुरुष र ४२ वर्षीया महिला रहेका छन् ।

यता स्याङ्जाका ३ जनामा कोरोना पुष्टि भएको छ । संक्रमित हुनेमा वालिङ वडा नं. ९ का ३१ वर्षीय पुरुष, वडा नं. १ का ३९ वर्षीय पुरुष, वडा नं. १० का ३२ वर्षीय पुरुष रहेका छन् ।

पर्वतका २ जनामा कोरोना देखिएको छ। संक्रमित हुनेमा जलजला वडा नं. ८ का २५ वर्षीय पुरुष र कुश्मा वडा नं. १ का ३८ वर्षीय पुरुष रहेका छन् । मनाङको चामेमा ३० वर्षीया १ महिलालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै दोस्रो विज्ञप्ति अनुसार गण्डकी प्रदेशमा फेरी १९ कोरोना संक्रमित थपिएका छन् ।

मंगलबार पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा प्रदेश अन्तर्गत कास्कीका १७ र तनहुँका २ जना गरी १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कास्कीका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् ।

संक्रमित हुनेमा कास्कीको पोखरा महानगरपालिका वडा नं. ७ का ३५ बर्षीय पुरुष पत्रकार, वडा नं. १० का ७० बर्षीय महिला पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आइसीयुमा उपचाररत रहेका छन् ।

यस्तै पोखरा वडा नं. ३० का ३३ वर्षीय पुरुष, वडा नं. ९ का २४ र २७ वर्षीया महिला, वडा नं. ११ का ३० वर्षीय पुरुष, वडा नं. १० का ४३ वर्षीया महिला, वडा नं. १७ का १७ र ५७ वर्षीय पुरुष, वडा नं. १५ का ४० वर्षीय पुरुष तथा २७ वर्षीया महिला, वडा नं.१३ का ४८ वर्षीय पुरुष, वडा नं. २५ का ५३ वर्षीय पुरुष तथा ५५ वर्षीया महिला, वडा नं. २४ का ४६ वर्षीय पुरुष, वडा नं. ५ का ५२ वर्षीय पुरुष र वडा नखुलेका ३४ वर्षीय पुरुषमा पनि कोरोना देखिएको छ ।

यसैगरी तनहुँको आबुखैनी वडा नं. ३ का १२ वर्षीय बालक, बन्दीपुर वडा नं. १ का ५७ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी पहिलो विज्ञप्ति अनुसार गण्डकी प्रदेशमा ३४ जना कोरोना संक्रमित थपिएका छन् ।

मंगलबार बिहान क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशका कास्की सहित स्याङ्जा र लमजुङका गरी ३ जिल्लाका ३४ जनामा कोरोना संक्रमण देखिएको हो ।

निर्देशनालयका अनुसार कास्कीको पोखरा महानगरपालिकामा मात्रै १८ जनामा कोरोना पुष्टि भएको छ ।

संक्रमित हुनेमा कास्कीको पोखरा स्थित मणिपाल अस्पतालमा उपचाररत २६ वर्षीय पुरुष, चरक अस्पतालमा उपचाररत ४२ वर्षीय पुरुष, गण्डकी मेडिकल कलेजमा उपचाररत २३ वर्षीया महिला तथा ३२, ३६, ४८ र ७० वर्षका पुरुष रहेका छन् ।

यस्तै पोखरा महानगरपालिका वडा नं. ७ का ५५ वर्षीया महिला, ३२ र ५२ वर्षका पुरुष, वडा नं. २ का २७ वर्षीय पुरुष, वडा नं. २५ का ४६ वर्षीय पुरुष, वडा नं. ३१ का ३९ वर्षीय पुरुष, वडा नं. १० का ३५ वर्षीय पुरुष, वडा नं. १ का २८ वर्षीया महिला, वडा नं. ३ का ४२ वर्षीय पुरुष, वडा नं. ११ का ४३ वर्षीय पुरुष र वडा नखुलेका ५ वर्षीय बालक पनि रहेका छन् ।

यसैगरी स्याङ्जाको चापाकोटका २२, ३७, ३८ र ५२ वर्षका महिला तथा ४२, ४८, ४६, ६०, ६७, २९, ४०, ६१, ३४ र ५८ वर्षका पुरुष, लमजुङ सुन्दरबजारका ३९ वर्षीय पुरुष र मध्यनेपालका २५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी प्रदेशमा मंगलबार १३० जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै गण्डकीमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ हजार ४४९ पुगेको छ ।

हाल प्रदेशमा १ हजार ६११ सक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ । आज ४३५ पिसीआर परिक्षण भएको छ । हालसम्म भने गण्डकीमा ७८ हजार १२ परिक्षण भएको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: