गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना पुष्टि

Share:

पोखरा । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा बुधबार बिहान कास्कीका १ र गोरखाका १६ जनामा कोरोना देखिएको हो ।

बिहान कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. २७ का ३४ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । निर्देशनालयका अनुसार ती पुरुष क्षयरोग उपचार केन्द्रमा कार्यरत कर्मचारी (सवारी चालक) हुन् ।

यस्तै गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नं.१ का २० वर्षीय पुरुष, वडा नं. ६ का ४७ वर्षीय पुरुष, वडा नं. ७ का २९, ३६, ४७ र ५० वर्षका महिला तथा ३८, ४२, ५०–५० र ५७ वर्षका पुरुष, वडा नं. ८ का २६ वर्षीया महिला तथा २४, २८ र ३७ वर्षका पुरुष, वडा नं.१० का २० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ११७ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: