
काठमाडौँ । छिमेकी देश भारतमा थप ६३ हजार ५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै भारतमा कोरोना संक्रमितको संख्या ७२ लाख ३७ हजार ८२ पुगेको छ ।
यस्तै भारतमा पछिल्लो २४ घण्टामा थप ७२३ कोरोना संक्रमितको मृत्यु भएको छ ।
यससँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख १० हजार ६१७ पुगेको छ ।
हालसम्म भारतमा ६२ लाख ९८ हजार ७०५ जना संक्रमणमुक्त भएका छन् ।
भारत कोरोना संक्रमणबाट विश्वकै सबैभन्दा धेरै दोस्रो प्रभावित मुलुक हो ।
कमेन्ट गर्नुहोस्
