कास्कीका २ सहित गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना पुष्टि

Share:

पोखरा । गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका आनुसार प्रदेश अन्तर्गत कास्की सहित ७ जिल्लाका १४ जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमित हुनेमा कास्की र तनहुँका २/२ जना, नवलपुरका ६ जना, गोरखा, पर्वत, स्याङ्जा र लमजुङका १/१ जना रहेका छन् ।

निर्देशनालयका अनुसार कास्कीको पोखरा महानगरपालिकाका ४१ वर्षीया महिला र माछापुच्छ्रे गाउँपालिका २ का ५२ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै गोरखाका ३६ वर्षीय पुरुष, पर्वत कुश्मा १२ का २९ वर्षीय पुरुष, लमजुङ मध्यनेपाल २ का ३८ वर्षीय पुरुष, स्याङ्जा कालिगण्डकी ५ का २८ वर्षीय पुरुष, तनहुँ देवघाट ५ का २७ वर्षीय पुरुष र आँबुखैरेनी ६ का ४० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।

यसैगरी नवलपुर गैंडाकोट २ का ३५ वर्षीय पुरुष र ५४ वर्षीया महिला, ४ का ५२ वर्षीय पुरुष, १२ का २८ वर्षीय पुरुष, कावासोती २ का ७१ वर्षीया महिला तथा देवचुली ३ का ६१ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार १३१ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: