पोखराका ४६ सहित गण्डकी प्रदेशमा फेरी ५३ कोरोना संक्रमित थपिए

Share:

पोखरा । पोखराका ४६ जना सहित गण्डकी प्रदेशमा फेरी ५३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकीका आनुसार कास्कीको पोखरामहानगरमा मात्रै ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै अन्य संक्रमित हुनेमा बाग्लुङ र स्याङ्जाका २, २ जना, तनहुँ, लमजुङ र म्याग्दीका १,१ जना रहेका छन् ।

निर्देशनालयका अनुसार संक्रमित हुनेमा कास्कीको पोखरा महानगरपालिकाका २४ बर्षीय महिला चरक मेमोरियल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी हुन् । यस्तै सोही अस्पतालमा उपचारका लागि आएका ४९, ६०, ७६ र ७७ वर्षका पुरुष, गण्डकी मेडिकल कलेजमा उपचारका लागि आएका ३५ र ३६ वर्षीया महिला तथा ३६, ३८ र ६० वर्षका पुरुष रहेका छन् ।

यस्तै पोखरा महानगरपालिका वडा नं. २ का ३४ वर्षीय पुरुष, वडा नखुलेका २५ र ५२ वर्षका महिला, तथा वडा र उमेर नखुलेका एक पुरुष, वडा नं. १७ का २७ र २८ वर्षीया महिला, ३२, ३८, ४१ र ६० वर्षीय पुरुष, वडा नं.७ का ३०, ३८, ४७ र ५० वर्षीय पुरुष, वडा नं. ९ का २४–२४, २८, २९, ३५ र ४० वर्षीष पुरुष, वडा नं. ११ का ६४ वर्षीय पुरुष, वडा नं. १३ का २७ वर्षीया महिला र ५८ वर्षीय पुरुष, वडा नं. १० का २२, ३६ र ५२ वर्षीय पुरुष, वडा नं. ८ का ३७ र ५८ वर्षीय पुरुष, वडा नं. ४ का २५, २७ र २८ वर्षीय पुरुष, वडा नं. २६ का २३ वर्षीय पुरुष, वडा नं. ३२ का ३२ वर्षीय पुरुष, वडा नं. ५ का ५ वर्षीया बालिका सहित ३३ वर्षीया महिला र वडा नं. ८ का ३१ वर्षीया महिलामा पनि कोरोना संक्रमण देखिएको हो ।

यस्तै बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिका २ का नेपाल आर्मीमा कार्यरत २३ बर्षीय पुरुष तथा पालिका र वडा नखुलेका ६१ वर्षीय पुरुषमा कोरोना देखिएको छ ।

यता स्याङ्जाको पुतलीबजार २ का ४० वर्षीय पुरुष र पालिका नखुलेका ३४ वर्षीय पुरुष, लमजुङका पालिका नखुलेका ६९ वर्षीय पुरुष, तनहुँको आँबुखैरेनी ६ का ५९ वर्षीया महिला र म्याग्दीको बेनी ३ का ३२ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।

यसअघि आजै कास्कीका ३ सहित गण्डकी प्रदेशमा ३१ जनामा कोरोना पुष्टि भैसकेको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार १८७ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: