पोखराका ३० सहित गण्डकी प्रदेशमा बिहानै थपिए ९७ कोरोना संक्रमित

Share:

पोखरा । पोखराका ३० जना सहित गण्डकी प्रदेशमा बिहीबार बिहान थप ९७ जनामा कोरोना पुष्टि भएको छ ।

बिहीबार बिहान कास्कीको पोखरा महानगरका ३०, लमजुङका ३ जना, नवलपुरका ६ जना, गोरखाका ७ जना र बागलुङ ५१ जना गरी थप ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको हो ।

संक्रमण पुष्टि हुनेहरुमा पोखराको चरक मेमोरियल अस्पतालमा नमुना संकलन गरिएका ६६ वर्षीय पुरुष तथा ५५, ३७, ४६, ६६ र ८७ वर्षका महिला, गण्डकी मेडिकल कलेजमा नमुना संकलन गरिएकी ३० वर्षीया महिला, पोखरा वडा नं. १६ का १२ वर्षीय बालक सहित ४६ वर्षीय पुरुष, वडा नं. ११ का ३२ वर्षीया महिला, वडा नं. ८ ४० र ५० वर्षका महिला तथा १३ वर्षीय सहित १८, २२ र ५० वर्षीय पुरुष, वडा नं. २७ का १९ वर्षीय पुरुष, वडा नं. १५ का ३६ वर्षीय पुरुष, वडा नं. १७ का ४० वर्षीया महिला तथा १८ र १९ वर्षीय पुरुष, वडा नं. १४ का २७ वर्षीय पुरुष, वडा नं.७ का ५३ वर्षीय पुरुष, वडा नं. ४ का २३ वर्षीय पुरुष, वडा नं. १० का ३५ र ४२ वर्षीय पुरुष, वडा नं. १२ का ५१ वर्षीय पुरुष र ४८ वर्षीया महिला, वडा नं. २६ का ६५ वर्षीया महिला तथा वडा नखुलेका ४५ वर्षीय पुरुष रहेका छन् ।

यस्तै गोरखा पालुङटार वडा नं. ८ का ९ वर्षीया बालिका, वडा नं. ७ का १० वर्षीया बालिका सहित ४५ वर्षीया महिला तथा १६, २२, ४६ र ५५ वर्षीय पुरुष, नवलपुर कावासोतीका३२ र ४५ वर्षीय पुरुष, हुप्सेकोट वडा नं.३ का ३१ र ५५ वर्षीया महिला तथा ३५ र ४५ वर्षीय पुरुष, लमजुङ दुधपोखरी वडा नं. १ का २३ वर्षीया महिला र २४ वर्षीय पुरुष, सुन्दरबजारका २६ वर्षीय पुरुष, बाग्लुङ काठेखोला वडा नं. ६ का २०–२० वर्षका पुरुष, तमानखोलाका ३६ वर्षीय पुरुष तथा २९ र ३६ वर्षीया महिला, बाग्लुङ नगरपालिकाका १२ वर्षीय बालक देखि ५५ वर्ष उमेर समुहका ४१ पुरुष तथा १० र १४ वर्षीया बालिका सहित ३१ र ४४ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार २ सय ८४ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: