कास्कीमा ५ र तनहुँमा ११ कोरोना संक्रमित थपिए

Share:

पोखरा । गण्डकी प्रदेशमा बिहीबार दिउँसो १६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार प्रदेशको कास्की जिल्लाको पोखरा महानगरका ५ जना तथा तनहुँका ११ जना गरी १६ जनामा कोरोना देखिएको हो ।

संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरको वडा नं. ३ का ४० वर्षीय पुरुष, वडा नं. ११ की ५६ वर्षीया महिला, वडा नं. १० का ४८ र ५५ वर्षका पुरुष तथा पोखराको वडा नखुलेका ८५ वर्षीय पुरुष रहेका छन् ।

यसैगरी तनहुँको पालिका नखुलेकी २५ वर्षीया महिला, तनहुँ व्यास वडा नं. १ का १७ वर्षीया महिला तथा ३१ र ४३ वर्षीय पुरुष, वडा नं. २ का ३८ वर्षीय पुरुष, वडा नं. ४ का १० वर्षीय बालक तथा ५ र १३ वर्षीया बालिका सहित ३० र ६१ वर्षीया महिला, वडा नं. ५ का ३२ वर्षीय पुरुष मा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ३०० पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: