पोखराको जीएमसीमा तनहुँका कोरोना संक्रमितको मृत्यु

Share:

पोखरा । पोखराको गण्डकी मेडिकल कलेज (जीएमसी) मा उपचाररत तनहुँका कोरोना संक्रमित परुषको मृत्यु भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार तनहुँ जिल्लाको व्यास नगरपालिका– ३ का ६५ बर्षीय संक्रमित पुरुषको मृत्यु भएको हो ।

अस्पतालको भेन्टिलेटरमा उपचारको क्रममा बुधबार राति ११ः५० बजे उनको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

ती पुरुषमा कोरोनाको संक्रमणका साथै मधुमेह र उच्च रक्तचापको समस्या रहेको थियो ।

यससँगै तनहुँमा मात्रै कोरोनाले मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

हालसम्म गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ४७ पुगेको छ।

मृत्यु हुनेमा कास्कीका १२, नवलपुरका ९, गोरखाका ७, तनहुँका ९, स्याङ्जाका ५, लमजुङ र बाग्लुङका २/२ तथा म्याग्दीका १ जना छन् ।

कमेन्ट गर्नुहोस्
Share: