गण्डकी प्रदेशमा अहिलेसम्मकै धेरै आज १६९ कोरोना संक्रमित थपिए, १ को मृत्यु

Share:

पोखरा । गण्डकी प्रदेशमा बिहीबार एकैदिन १६९ जना कोरोना संक्रमितको थपिएका छन् । यो संख्या एक दिनमा संक्रमण पुष्टि हुनेकोे अहिलेसम्मकै उच्च हो ।

हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ३५६ पुगेको छ ।

बिहीबार स्वास्थ्य निर्देशनालय गण्डकीले ५ पटकसम्म अध्यावधिक विज्ञप्ति जारी सो बारे जानकारी दिएको हो ।

आज प्रदेशमा सबैभन्दा धेरै नवलपरासी (ब.सु.पू) का ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै बाग्लुङका ५१ जना, कास्कीका ३५ जना, तनहुँका ११ जना, गोरखाका ७ जना, म्याग्दीका ४ जना र लमजुङका ३ जनामा कोरोना देखिएको छ ।

निर्देशनालयका अनुसार कास्कीका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् ।

यसैगरी बिहीबार प्रदेशमा थप एक कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ ।

पोखराको गण्डकी मेडिकल कलेज (जीएमसी) मा उपचाररत तनहुँका कोरोना संक्रमित परुषको मृत्यु भएको हो ।

 निर्देशनालयका अनुसार तनहुँ जिल्लाको व्यास नगरपालिका– ३ का ६५ बर्षीय संक्रमित पुरुषको मृत्यु भएको हो ।

अस्पतालको भेन्टिलेटरमा उपचारको क्रममा बुधबार राति ११ः५० बजे उनको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

ती पुरुषमा कोरोनाको संक्रमणका साथै मधुमेह र उच्च रक्तचापको समस्या रहेको थियो ।

यससँगै तनहुँमा मात्रै कोरोनाले मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

हालसम्म गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ४७ पुगेको छ।

मृत्यु हुनेमा कास्कीका १२, नवलपुरका ९, गोरखाका ७, तनहुँका ९, स्याङ्जाका ५, लमजुङ र बाग्लुङका २/२ तथा म्याग्दीका १ जना छन् ।

त्यस्तै गण्डकीमा आज १८ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । यससँगै प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ३ हजार ४८८ पुगेको छ ।

हाल प्रदेशमा १ हजार ८२१ सक्रिय संक्रमित रहेका छन् ।

आज प्रदेशमा ६७३ जनाको पीसीआर परिक्षण भएको र हालसम्म ७९ हजार ३०२ पीसीआर परिक्षण भएको निर्देशनालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: