
पोखरा । गण्डकी प्रदेशमा शुक्रबार बिहानै ७८ जना कोरोना संक्रमित थपिएका छन् ।
कास्कीको पोखरा महानगरका १९ सहित नवलपुरका ३८, बाग्लुङका ७, तनहुँका ६, गोरखाका ५, र लमजुङका ३ जना गरी थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको हो ।
निर्देशनालयका अनुसार कास्कीको संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् ।
संक्रमण पुष्टि हुनेहरुमा पोखरा वडा नं. ५ का २५ र ४२ वर्षीय पुरुष, वडा नं. ८ का ३२ वर्षीय पुरुष, वडा नं. ९ का ४२ वर्षीय पुरुष, वडा नं.१२ का ३६ वर्षीय पुरुष, वडा नं. २६ का ४२ वर्षीय पुरुष, वडा नं. २७ का २३, ३५, ३५ र ५३ वर्षीय पुरुष, वडा नं. २८ की ४७ वर्षीया महिला, वडा नं. ४६ वर्षीया महिला तथा १० वर्षीय बालक सहित २५, ४४ र ४८ वर्षका पुरुष, वडा नं. ३० का ३८ वर्षीय पुरुष र १४ वर्षीया बालिका तथा वडा नं.३२ की ३८ वर्षीया महिला रहेका छन् ।
त्यस्तै तनहुँको, ऋषिङ वडा नं. ४ का ४५ वषर््ँीय पुरुष, व्यास वडा नं. ३ का ५०, ३५, ३२, २३ र २६ वर्षका पुरुष, गोरखा पालुङटार वडा नं.१ का ३४ वर्षीय पुरुष, वडा नं. २ का २९ वर्षीय पुरुष, वडा नं. ५ का ४७ल वर्षीय पुरुष र १९ वर्षीया महिला, गोरखा नगरपालिका वडा नं. १० का ५२ वर्षीय पुरुष, लमजुङ सुन्दरबजार वडा नं.१० की ३९ वर्षीया महिला तथा वडा नखुलेका २४ वर्षीय पुरुष र २४ वर्षीया महिला, बाग्लुङ गल्कोट वडा नं. ४ का ३० वर्षीय पुरुष र ४८ वर्षीया महिला, वडा नं. ६ का ३७, ३८ र ४७ वर्षका पुरुष, वडा नं. ९ की ४८ वर्षीया महिला र वडा नं. ७ की ५५ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको छ ।
यस्तै नवलपुर कावासोतीका वडा नं. ३ की ५४ वर्षीया महिला, वडा नं. ८ का ४६ र ३२ वर्षीय पुरुष तथा ३०, ३९ र ४२ वर्षीया महिला, वडा नं. ९ की २३ वर्षीया महिला, देवचुलीका वडा नं.१४ का २५ वर्षीया महिला, वडा नं. १७ का ४५ र ४७ वर्षीय पुरुष, वडा नं. १२ का ७८ वर्षीया महिला, वडा नं. ६ का ७३ वर्षीया महिला, वडा नं. १६ का २१ र ४० वर्षीय पुरुष, वडा नं. १७ का ४५ वर्षीय पुरुष, वडा नं.१३ का ५२ वर्षीय पुरुष, वडा नं.३ का २८ वर्षीया महिला, वडा नं.५ का २७ र ६० वर्षीय पुरुष, वडा नं. ११ का ५१ वर्षीय पुरुष, वडा नं.१५ का २८ वर्षीया महिला, गैंडाकोट वडा नं. ५ का २२ वर्षीया महिला, वडा नं. १५ का ५८, ४५, ४९, ४०, २८ र ३१ वर्षीय पुरुष तथा ३४ वर्षीया महिला, वडा नं. १४ का १२ वर्षीय बालक सहित ५४, ५५ र ४९ वर्षीय पुरुष, वडा नं. २ का १० वर्षीया बालिका, वडा नं. १६ का ४९, ५५, ५९ र ४९ वर्षीय पुरुष तथा वडा नं. ९ का ६१ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ४ सय ३४ पुगेको छ ।
