
पोखरा । अहिले गण्डकी प्रदेश, प्रदेश १, बाग्मती र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागहरूमा आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
शुक्रबार दिउँसो गण्डकी प्रदेश, प्रदेश १ र बाग्मती प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ । देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ , बाग्मती प्रदेश र गण्डकी प्रदेशका एकू–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
यस्तै राति पनि गण्डकी प्रदेश, प्रदेश १, बाग्मती र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ। देशका अन्य भूू–भागमा आंशिक बदली रहनेछ । प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ महाशाखाले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
