
काठमाडौँ । विश्वमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ११ लाख नाघेको छ । पछिल्लो तथ्याङ्क अनुसार विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ लाख २ हजार पुगेको छ ।
यस्तै विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ९१ लाख ५० हजार ७५० पुगेको छ ।
हालसम्म २ करोड ९३ लाख ६२ हजारभन्दा बढी भने कोरोना संक्रमणमुक्त भएका छन् ।
विश्वभर हाल ८६ लाख ८८ हजार बढी सक्रिय संक्रमित रहेका छन् ।
कोरोनाबाट सबैभन्दा धेरै प्रभावित अमेरिकामा संक्रमितको संख्या ८२ लाख १६ हजार ३ सय १५ पुगेको छ । अमेरिकामा मृत्यु हुनेको संख्या २ लाख २२ हजार ७०० पुगेको छ ।
दोस्रो प्रभावित भारतमा भारतमा संक्रमितको संख्या ७३ लाख ६५ हजार ४३५ पुगेको छ । त्यहाँ कोरोनाले मृत्यु हुनेको संख्या १ लाख १२ हजार १४४ पुगेको छ ।
यस्तै, तेस्रो प्रभावित ब्राजिलमा कोरोना संक्रमितको संख्या ५१ लाख ७० हजार नाघेको छ भने मृत्यु हुनेको संख्या १ लाख ५२ हजार नाघेको छ ।
ब्राजिल पछि रुसमा कोरोना संक्रमितको संख्या १३ लाख ५४ हजार नाघेको छ । त्यहाँ संक्रमणबाट २३ हजार ४ सय ९१ जनाको मृत्यु भएको छ ।
