
पोखरा । कोराना संक्रमणबाट एक शसस्त्र प्रहरीको पोखरामा मृत्यु भएको छ ।
शसस्त्र प्रहरी बल मुस्ताङमा कार्यरत २५ वर्षीय पुरुष शसस्त्र प्रहरीको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको हो ।
निर्देशनालयका अनुसार उनको गए राती ११ः३० बजे पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
असोज २५ गते अस्पताल भर्ना भएका उनको २७ गते सक्रमण पुष्टि भएको थियो । उनी बाग्लुङ ढोरपाटन नगरपालिका ७ का स्थायी बासिन्दा हुन् ।
यससँगै गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।
कमेन्ट गर्नुहोस्
