
चितवन । चितवनको खैरहनी नगरपालिका वडा नम्बर १२ वडाका एक सदस्यको कोरोना संक्रमणबाट निधन भएको छ । भरतपुर अस्पतालमा उपचारका क्रममा वडा सदस्य ४९ वर्षीय बद्रीबहादुर पाण्डेको कोरोना संक्रमणबाट निधन भएको हो ।
अस्पतालको कोभिड सघन उपचार कक्षमा भेन्टिलेटरमा राखी उपचार भइरहेकोमा उनको गएराति निधन भएको अस्पतालले जनाएको छ ।
क्यान्सरबाट समेत पीडित वडा सदस्य पाण्डेमा असोज २८ मा कोरोना संक्रमण पुष्टि भएको थियो । खोकी र श्वासप्रश्वासमा समस्या रहेको उनको क्यान्सरको तेस्रो केमो चलिरहेको अवस्थामा निधन भएको हो ।
उनी काङ्ग्रेसबाट गएको स्थानीय तहको निर्वाचनमा विजयी भएका थिए ।
यस अघि जिल्लाकै भरतपुर महानगरपालिका वडा नम्बर २० का निर्वाचित वडा अध्यक्षको कोरोना संक्रमणका कारण निधन भएको थियो ।
