पोखराका ३० सहित गण्डकी प्रदेशमा ४६ कोरोना संक्रमित थपिए

Share:

पोखरा । गण्डकी प्रदेशमा शनिबार बिहान ४६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार बिहान कास्कीका ३० जना, तनहुँका २ जना, गोरखाका ९ जना र नवलपुरका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

निर्देशनालयका अनुसार कास्कीका सबै संक्रमित पोखरा महानगरपालिकाका हुन् ।

संक्रमति हुनेमा कास्कीको पोखरा महानगरपालिका वडा नं. २९ का २०, ३४ र ३७ वर्षीय पुरुष, वडा नं. ११ का ३२ वर्षीया महिला, वडा नं. १६ का १४ वर्षीया बालिका सहित २० वर्षीया महिला तथा ३७ र ४५ वर्षीय पुरुष, वडा नं. २२ का ४३ वर्षीया महिला, वडा नं.९ का २४ वर्षीय पुरुष तथा २५, २४, ३५, २६ र २२ वर्षका महिला, वडा नं.५ का २९ वर्षीय पुरुष, वडा नं.८ का ५ वर्षीया बालिका सहित ३२ वर्षीया महिला, वडा नं.७ का २२ र ५२ वर्षीया महिला, वडा नं.२७ का ३० वर्षीय पुरुष, वडा नं.२ का ३२ र ४७ वर्षीया महिला, वडा नं.१७ का ४८ र ३७ वर्षीय पुरुष, वडा नं. १९ का ४४ वर्षीय पुरुष र ३० वर्षीया महिला, वडा नं.१ का २५, २७ र ३० वर्षका पुरुष रहेका छन् ।

तनहुँको शुक्लागण्डकी का २६ वर्षीय पुरुष, बन्दीपुर वडा नं. १ का ५३ वर्षीय पुरुष, गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं. ८ का ४२ बर्षीय पुरुष नेपाल आर्मी र वार्ड नं. ७ का २९, ३६ र २५ बर्षीय पुरुषहरु नेपाल प्रहरीमा कार्यरत प्रहरीहरु, वडा नं.५ का २९ वर्षीय पुरुष, वडा नं.६ का २३ वर्षीय पुरुष, वडा नं. ७ का ३० वर्षीय पुरुष र अजिरकोट वडा नं. ६ का २४ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण भएको छ ।

यता नवलपुरको गैंडाकोट वडा नं.४का ४१ वर्षीय पुरुष, वडा नं.१५ का ५५ वर्षीया महिला, विनयत्रिवेणी वडा नं.४ का २४ वर्षीय पुरुष, देवचुली वडा नं.११ का ७५ वर्षीया महिला र वडा नं.२ का ७ वर्षीया बालिकामा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

निर्देशनालयका अनुसार कास्की जिल्ला, पोखरा महानगरपालिका, वार्ड नं २९ का ३४ बर्षीय पुरुषको ग्रीन पास्चर अस्पताल, पोखराबाट, वार्ड नं. ११, १६, २२, ९, ७, २७ र २ का ३२, २०, २५, २४, ३५,२६, २२, ३२, ५, ५२, २२, ४७, ३२ बर्षीय महिलाहरु र २४, २९, ३० बर्षीय पुरुषहरुको गण्डकी मेडिकल कलेज, पोखराबाट र तनहुँ जिल्ला, बन्दीपुर-१ का ५३ बर्षीय पुरुषको चरक मेमोरियल अस्पताल, पोखराबाट नमुना संकलन गरिएको हो । पोखरा महानगरपालिका- २९, १९ र १६ का ३७, २०, ४४, ४५ बर्षीय पुरुष र ३० बर्षीय महिला, साथै गोरखा जिल्ला, गोरखा-११ का ३९ बर्षीय पुरुष भारतबाट आएका हुन् । नवलपरासी (ब.सु.पू.) जिल्ला, गैंडाकोट-४ का ४१ बर्षीय पुरुष साउदीबाट आएका हुन् । अन्य सबै संक्रमित कन्ट्याक ट्रेसिङबाट पहिचान भएको हो।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ५४७ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: