गण्डकी प्रदेशमा थप ५६ जनामा कोरोना पुष्टि

Share:

पोखरा । गण्डकी प्रदेशमा थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार दिउँसो कास्कीका १ जना, म्याग्दीका २ जना, स्याङ्जाका २२ जना र नवलपुरका ३१ जना गरी ४ जिल्लाका ५६ जनामा कोरोना संक्रमण देखिएको हो ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार संक्रमित हुनेमा कास्कीको पोखरा महानगरपालिका वडा नं. ९ का ७७ वर्षीय पुरुष, म्याग्दीको मंगला गाउँपालिका १ का २४ वर्षीय पुरुष, तथा ४ का २६ वर्षीया महिला, स्याङ्जाको चापाकोटका १६, २१ र २५ वर्षीया ३ महिला तथा २१, ६१, ५२, ४८, ५८, ४४, ३८, ३२, २९, २५–२५, ३०, ४४, ४०, ३०, २२, २१, २७, २६ र ४५ वर्षका १९ जना पुरुष रहेका छन् ।

यस्तै नवलपुरको गैंडाकोट वडा नं. ४ का ४७, २८, ४९, १६, ४२ र २२ वर्षीय पुरुष तथा ३७ वर्षीया महिला, वडा नं. ५ का २० र ३० वर्षीया महिला तथा ३२ वर्षका दुई पुरुष, वडा नं. १ का ४१ वर्षीया महिला, ५३, ४१, २० र २६ वर्षीय पुरुष, वडा नं. २ का ९ वर्षीय बालक सहित २५ र ३७ वर्षीय पुरुष, वडा नं.८ का २५, ३७ र ३८ वर्षीय पुरुष, वडा नं. १२ का ३१ वर्षीय पुरुष र २५ वर्षीया महिला, वडा नं.३ का ३५ वर्षीया महिला, वडा नं.१० का ३० वर्षीया महिला, वडा नं.६ का २१ वर्षीया महिला, वडा नं. १३ का ४२ वर्षीया महिला तथा वडा नखुलेका ५२, ४२ र २० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ६३३ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: