शनिबार पोखराका २ कोरोना संक्रमितको मृत्यु पुष्टि, पोखराका ५४ सहित गण्डकीमा १३२ जना संक्रमित थपिए

Share:

पोखरा । शनिबार (आज) पोखराका २ जना कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखराका १ पुरुष र १ महिलाको मृत्यु पुष्टि भएको हो ।

निर्देशनालयका अनुसार कास्कीको पोखरा महानगरपालिका वडा नं. ३ का ५६ वर्षीया महिलाको मृत्यु पुष्टि भएकोे छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रि आइसोलेसन वार्डमा उपचारका क्रममा शुक्रबार (हिजो) राति ९ः१५ बजे मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

कोरोना संक्रमणको आशंकामा उनको शुक्रबार नै स्वाब संकलन गरी संकलन गरिएकोमा शनिबार (आज) रिपोर्ट पोजेटिभ आएको हो । उनी शुक्रबार नै अस्पताल भर्ना भएकी थिइन् । उनमा कोभिड–१९ सँगै अन्य समस्या पनि रहेको जनाइएको छ ।

यससँगै प्रतिष्ठामा कोरोनाले मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

यसैगरी पोखरा महानगरपालिका वडा नं. १७ का ४७ बर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार पोखरा स्थित चरक मेमोरियल हस्पिटलमा उपचारका क्रममा शुक्रबार दिउँसो ४ः५० बजे मृत्यु भएको हो ।

ती पुरुषमा गत असोज २३ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो ।

हालसम्म गण्डकी प्रदेशमा कोरोनाले मृत्यु हुनेको संख्या भने ५० पुगेको छ ।

पोखराका ५४ सहित गण्डकीमा १३२ जना संक्रमित थपिए

त्यस्तै गण्डकी प्रदेशमा शनिबार पोखराका ५४ जना सहित गण्डकीमा १३२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

निर्देशनालयका अनुसार आज कास्कीको पोखराका ५४ जना, नवलपुरका ३६ जना, स्याङ्जाका २४ जना, गोरखाका ९ जना, तनहुँ र म्याग्दीका ३,३ जना, बाग्लुङका २ जना तथा लमजुङका १ जनामा कोरोना संक्रमण देखिएको हो ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ६३३ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: